×
Lagani
Lagani Shiksha gif
कालोबजारीले उपभोक्ता मारमा ,स्थानीय प्रशासन भने मौन



चाडपर्वमा व्यापारीबाट उपभोक्ताहरू ठगिन थालेका छन्। व्यवसायीले प्रत्येक उपभोग्य बस्तुमा मूल्य बढाउँदै उपभोक्ता ठगिइरहेका छन्। तिहार पर्व नजिकिँदै गर्दा दाङका व्यापारीले उपभोक्ता ठगी गर्न सुरु गरेको पाइएको छ ।

जिल्लामा भएका विभिन्न अनुगमन र नियमको क्रममा त्यस्तो भेटिएको हो । बजारमा कालोबजारी मौलाए पनि स्थानीय प्रशासन भने मौन छ ।

Lagani Shiksha gif
sharehubapk कालोबजारीले उपभोक्ता मारमा ,स्थानीय प्रशासन भने मौन

चाडपर्वको मुखमैमा बजारमा चहलपहल बढ्न थालेपछि कालोबजारी मौलाएको हो । अनुगमन भए पनि औपचारिकतामा सीमित हुँदा उपभोक्ता दिनदहाडै ठगिन बाध्य भएको गुनासो छ । व्यवसायीले उद्योगबाटै मूल्यवृद्धि भएकाले मूल्य बढेको दाबी गरे पनि चाड पर्वमा उपभोक्ता ठगी गर्ने नै मुख्य उद्देश्य देखिन्छ ।

अरू समयमा भन्दा चाडपर्वको समयमा अलि बढी मूल्य हुने गरेको न्यु सिन्दूर किराना पसलका सञ्चालक कृष्ण पोखरेलले बताए । ‘मैदाको मूल्य अहिले ५० केजीमा १ सय देखि २ सय बढी परेको छ,’ उनले भने, ‘चाडपर्वको समयमा मूल्य बढे पनि बिक्री हुन्छ भनेर हो कि के हो, सामान्य अवस्थाको भन्दा केही भाउ बढेको छ ।’

अस्वाभाविक मूल्य वृद्धि हुँदा आफूहरू मारमा परेको उपभोक्ता चन्द्रा बस्नेतले बताइन् । ‘भाउ बढे पनि आवश्यक किन्नै परेको छ,’ उनले भनिन्, ‘म्याद गएका सामान पनि बिक्री वितरण हुने गरेको छ । खै यसको नियमन कसले गरेको छ ।’

बजारमा व्यवसायीले अखाद्य वस्तु बिक्री वितरण गर्ने गरे पनि नियमन हुन नसकेको उनले गुनासो गरिन् । ‘बजारमा कालो बजारी रोक्न सम्बन्धित निकायको तुरुन्त ध्यान जावस्,’ उनले भनिन्, ‘अनुगमन औपचारिकता मात्रै देख्छु मत ।’

चाडपर्वको समयमा उपभोक्ताले अझ बढी ख्याल गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माले बताए । उपभोक्ता सचेत हुन सकेमा बजारको अवस्था सुधार गर्न समय नलाग्ने उनको भनाई छ ।

बजारमा हुन सक्ने कालोबजारी रोक्न पालिकाहरू नै सक्रिय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘बजारको महंगी नियन्त्रण, कालो बजारी रोकथामको जिम्मा स्थानीय तहलाई छ,’ उनले भने ।

मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायलाई कारबाही गरिने उनले बताए । बजारमा सामान किन्दा उपभोक्ता सचेत हुनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस