×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै भायानेट कम्युनिकेशन



इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले आईपिओ जारी गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको  कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै भायानेट कम्युनिकेशन

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दतगरेको थियो । त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्य एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनायो।

उपत्यका र सहर क्षेत्रसँगै कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ । आगामी दिनमा पब्लिक कम्पनीका रूपमा भायानेटले अझ धेरै ठाउँमा सेवा विस्तार गरी धेरैभन्दा धेरै ग्राहककाे पहुँचमा पुग्ने याेजना ल्याएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस