×
Lagani
Lagani Shiksha gif
पीडितको बयान : जान्न भन्दा जबरजस्ती लगे , प्रतिरोध गर्दा ढाडमा जोडले हाने !



बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् ।  सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

Lagani Shiksha gif
sharehubapk पीडितको बयान : जान्न भन्दा जबरजस्ती लगे , प्रतिरोध गर्दा ढाडमा जोडले हाने !

आफु निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ । ‘लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेर बिहान पख प्रतिवादीले मलाई पीसीआर परीक्षण गर्न जानुपर्ने भनेका थिए’, उनले भनेकी छन्, ‘मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखेर होस्टल नजिकै लगेर छाडेर गाडी लिइ फरार भएका थिए ।’

‘कता जान लागेको भनेर सोध्दा मञ्जुरीविना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगेर उनले मलाई बोजिनी नगरकोट रिसोर्टमा अध्याँरो भस्केपछि करिब ८ः२० बजेतिर पुर्‍याएका थिए’, नाबालिकाले भनेकी छन्, ‘उनले ड्रिंक खाने प्रस्ताव पनि गरेका थिए, मैले कहिल्यै नखाएकीले इन्कार गरेको थिएँ ।’

उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।

प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस