इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा हालसम्ममा १ करोड १६ लाख ६८हजार ८ सय ९० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीको आइपीओमा १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो जुन माग भन्दा १८ गुणा बढी आवेदन हो। आज सम्मको आवेदनलाई हेर्ने हो भने जम्मा ६ दशमलभ ०६ प्रतिसत आवेदकले १० कित्ताको दरले शेयर हात पर्ने देखिन्छ भने बाकि आवेदकको हात खालि हुने छ।
कम्पनीले असोज २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ मंसिर २२ गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी मंसिर २१ गतेसम्म बाहल रहनेछ ।
















