×
अनलाइन फाराम भर्न नजान्नेहरू पनि अमेरिका जाने लाइनमा !



केहि नगरी अमेरिका जान पाउने भएपछि डिभी भर्नेको संख्या दिन दिने बढेको छ।

ईडिभी परेर अमेरिका गएका मानिसहरूले सजिलै काम तथा अन्य विभिन्न सुविधा पाउने भएपछि यसतर्फ धेरैको आकर्षण हुने गरेको छ । तर दुखको कुरा त् के छ भने सामान्य तरिकाले अनलाइन देखि भर्ने फारम पनि भर्न नजानेर ईडिभी  फारम भर्न मानिसहरु लाइन लाउने गरेका छन्।

ईडिभी फारम मोबाइलदेखि आफै भर्न मिल्छ र सजिलो पनि छ तर त्यति सामान्य फारम भर्न पनि नजानेर अमेरिका जाने सपना देखेर फारम भर्न लाइनमा लाउने मानिसको कमि छैन। शिक्षित मानिसले पनि सामान्य फारम भर्न नजान्नु भनेको दुखको कुरा हो। यसले हाम्रो नेपालको शिक्षा प्रणाली कति कमजोर छ भन्ने प्रष्ट पार्छ। हुन त् नेपालको पाठ्यक्रमनै जीवनोपयोगी छैन।

आफूले फाराम भर्दा केही गल्ती हुन् सक्ने त् साइबर बाट भर्दा ईडीभी पर्छ भन्ने भ्रम रहेको हुदा पनि मानिसहरु घण्टौँ लाइन बसेर चर्को शुल्क तिर्दै धेरैले ईडीभी फाराम भरिरहेका छन्। निशुल्क भारिने फारमलाई हामीले पैसा तिर्नु परेको छ। त्यो मात्र नभएर आफ्नो विवरण अरुलाई दिदा  विवरणको दुरुपयोग हुने उत्तिकै जोखिम  हुन्छ ।

हामीले भरेको फारम साइबरले सुरक्षित नराखेमा भोलि गलत व्यक्तिले हाम्रो विवरण पाएमा हामीलाई डीभी  पर्यो यति पैसा बुझाउनुहोस भन्ने खालको मेल गरि पैसा लुट्ने उत्तिकै जोखिम  हुन्छ। त्यसैले हामि सचेत हुनु पर्छ भने हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्नु जरुरि छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस