×
Lagani
Lagani Shiksha gif
यातायात पूर्वाधार र डिजिटल अर्थतन्त्रका लागि विश्व बैंकसँग वित्तीय सम्झौता



नेपाल सरकार र विश्व बैंकबीच आर्थिक सम्झौता भएको छ ।

क्षेत्रीय यातायात तथा व्यापार साझेदारी परियोजनाका लागि रु ३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ र डिजिटल नेपाल एक्सेलेरेशन परियोजनाका लागि रु १८ अर्ब नेपाली रुपैयाँमा हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र विश्व बैंकका राष्ट्रिय निर्देशक फ्रेस हद्दाद जेर्भोसले हस्ताक्षर गरेका थिए ।

Lagani Shiksha gif
sharehubapk यातायात पूर्वाधार र डिजिटल अर्थतन्त्रका लागि विश्व बैंकसँग वित्तीय सम्झौता

क्षेत्रीय यातायात तथा व्यापार सम्पर्क अभिवृद्धि परियोजना (एसेस) अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रगुप्ता सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । यो परियोजनाले राम्रो सडक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ र यात्रा समय 30 प्रतिशतले घटाउने वाचा गरेको छ।

डिजिटल नेपाल एक्सेलेरेशन परियोजनाले नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस