श्रृजनशील लघुवित्तको आईपीओ अर्को हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ भने कुनै कारणले आइतबार नभएमा भने सोमबार आइपीओ बाँडफाँट हुने बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रि खुल्ला गरेको थियो । लघुवित्तले निष्कासन गर्नेे कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको पूँजी रू ७ करोड रहेको छ भने सर्वसाधारणमा आईपीओ विक्री तथा बाँडफाँट पश्चाथ कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार कायम हुनेछ ।












