×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे

Stock market electronic board with alot of numbers



साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ ।

आज नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ ।  नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे

आज कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । बुधबार ८२ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । आज बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब चार करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ ।

जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजार र रिडी हाइड्रोपावरको चार करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस