×
Lagani
Lagani Shiksha gif
राधी विद्युत् कम्पनीको हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।



राधी विद्युत् कम्पनीले ५ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।  राधीको हकप्रद सेयरमा २५ असोजसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk राधी विद्युत् कम्पनीको हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस