×
Lagani
Lagani Shiksha gif
६ ओटा मर्चेन्ट बैंकरले पाए विशिष्टीकृत लगानी कोष व्यस्थापकको अनुमति



६ ओटा मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमति पाएका छन् ।

नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” को व्यवस्था अनुरुप बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने कार्यका लागि थप ६ वटा संस्थालाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ ।

Lagani Shiksha gif
sharehubapk ६ ओटा मर्चेन्ट बैंकरले पाए विशिष्टीकृत लगानी कोष व्यस्थापकको अनुमति

हाल अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरु यस अघि बोर्डबाट धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेका संस्थाहरु रहेका छन् । यी ६ संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान भएसँगै धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य क्षेत्र समेत विस्तार भएको छ ।

यससँगै विशिष्टीकृत लगानी कोष व्यवस्थापकको कार्य गर्न ८ संस्थाले अनुमतिपत्र प्राप्त गरेका छन् । बोर्डबाट हालसम्म अनुमतिपत्र प्राप्त गरेका विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरुको विवरण निम्न बमोजिम रहेको छ ।

यस प्रकारको व्यवस्थाबाट विना धितो साना तथा मझौला (SMEs) संस्थाहरुको साख पहुँच (Credit Access) बढ्न गई नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

सि.नंकोष व्यवस्थापकको नामअनुमतिपत्र प्राप्त मिति
ग्लोबल इक्विटी फण्ड लिमिटेड२०७९।०४।२४
अवसर इक्विटी लिमिटेड२०७९।०५।०७
एन आई सी एशिया क्यापिटल लि.२०७९।०५।१९
लक्ष्मी क्यापिटल मार्केट्स लि.२०७९।०५।१९
एनआईविएल एस क्यापिटल लि.२०७९।०५।१९
एनएमबि क्यापिटल लि.२०७९।०५।१९
प्रभु क्यापिटल लि.२०७९।०५।१९
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लि.२०७९।०५।१९

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस