खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे आईपीओ भोली बिहन १०:०० बजे बाँडफाँट हुने भएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा हुने भएको बाँडफाँट हो । सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार संस्थाको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना आवेदकहरूबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको १ लाख २३ हजार ४०० कित्ता भन्दा १ सय ६५ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथा द्वारा शेयर बाडफाटँ गरिने छ। त्यसरी बाडफाटँ गर्दा १२ हजार ३ सय ४० आवेदकले १० हजार किताको दरले शेयर हात पर्ने छन भने बाकि १८ लाख ३७ हजार बढीको हात खालि रहने छ।
त्यस्तै बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणको लागि छुट्टाइएको थियो जसमा न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।










