पिपुल्स पावर कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बुधवार सम्पन्न भइसकेकाले आज २ बजे आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा माग भन्दा ७ दशमलव ९३ गुणा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथाद्धारा बाँडफाट गरिएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १६ लाख ६ हजार १०९ जनाले आवेदन दिएका हुन । जसमध्ये २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाएका छन भने बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली भएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन मध्य १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणमा बाँडफाँट गरिने छ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ छ । जसले गर्दा कम्पनीको दोस्रो बजारमा ओपनिङ्ग रेञ्ज रू. ९४ दशमलव ९६ देखि रू. २९० दशमलव ८२ सम्म हुने छ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
















