×
Lagani
Lagani Shiksha gif
भोलि बाँडफाँट हुदै धौलागिरी लघुवित्तको आईपीओ।



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भोलि हुने तय भएको छ ।

विक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ भोलि क्यापिटलको कार्यालय कमलपोखरीमा बाँडफाँट गर्ने तयारी भएको जनाएको छ । यसअघि धौलागिरी लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने भएको थियो। तर, धौलागिरी लघुवित्तका प्रतिनिधिहरु आउन ढिला हुने भएकोले बुधबारका लागि राखिएको क्यापिटलका एक अधिकारीले जानकारी दिए।

कम्पनीको आईपीओमा मागभन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ ।  अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् ।

कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो  ।

आईपीओमा आवेदन दिनेहरु मध्य ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन साथै  सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।त्यस्तै  १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस