×
Lagani
Lagani Shiksha gif
रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।



रसुवागढी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

रसुवागढीले १३ असारबाट एक सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे , गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेसी र वडा न‍म्बर ६ धुन्चेका स्थानीयलाइ आईपीओ निष्कासन गरेको थियो।

Lagani Shiksha gif
sharehubapk रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।

उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

 

 

page7 1 रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस