×
खप्तड लघुवित्तको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

त्यस्तै बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले जारि गरेको आव्हान पत्र : 

Khaptad public ipo 15 August 2022 scaled खप्तड लघुवित्तको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस