RFPL 339.9 -7.4 NMBMF 645.3 -24.5 KEF 8.1 -0.1 UNL 40290 790 NICFC 8.48 -0.12 GHL 149.6 1.4 EBLD86 981 -6 BARUN 231.9 -3.6 MEN 544.8 -1.9 LBLD86 1045 19.9 NICGF 9.4 -0.16 SWBBL 810 4 MDB 475 0.1 MLBL 328 -6.1 GLBSL 2139.3 -237.7 UNLB 2040.1 185.4 MCHL 373 -6 GBIME 178 1 SBI 279.1 -2.5 SJLIC 414 -2 HLBSL 964 15 MLBBL 1290 -9.9 KSY 8.11 -0.03 NMB50 9.55 0.18 SIFC 418 -4 VLUCL 465 -14.9 PPL 541 -19 NUBL 666 -5 RAWA 488 10 SARBTM 791 21 SHIVM 503 5 LLBS 1072.1 -34.9 SCB 544 0 PRSF 8.55 0.01 HHL 349 -4 NLICL 540 -9 CORBL 466.1 -8.9 HEI 614 1 RMF1 7.76 0.06 NIBSF2 7.92 0.01
×
दोर्दी-१ जलविद्युत आयाेजना निर्माण सम्पन्न, प्रसारणलाइन नहुँदा विद्यु्त उत्पादन सुरू भएन



लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत उत्पादन परीक्षणसमेत गरिसकेकाे छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत उद्पादन भने गर्न पाएकाे छैन ।

हाल व्यावसायिक विद्युत उत्पादनका निम्ति प्रसारणलाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए । यसअघि चैत २०७६ मा आयाेजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणअवधि लम्बिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन आयोजना आफैले निर्माण गरिसकेको छ ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खायाम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिदमूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् ।

विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ । तर, गत वर्षको बाढीका कारण प्रसारणलाइन पुन: निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो ।

तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माणसम्पन्न नभएकाले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस