×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो अभियान लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र  १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो अभियान लघुवित्तको आईपीओ , कति दिने आवेदन ?

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।  यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस