JALPA 1587.3 144.3 SPIL 790 -9 EBLD85 1062.4 -43.6 NLIC 586.9 -3.1 GUFL 693 -15 KKHC 220 -3 ICFC 511 -2.2 PHCL 288 -4.5 GHL 149.3 -0.7 HBLPO 123.2 0 GLH 205 0 PBLD87 985 6.5 MHL 400 0 NRIC 682.6 -4.9 GBIME 176 -2 HEIP 355 9 SMFBS 1405 127 RFPL 366 26.1 GBBL 364 -2.9 NGPL 301.8 -1.2 MBJC 290 -4.9 HHL 354 5.1 MLBL 328 -2 RAWA 475 -13 BNT 12810 -190 HBL 175.6 -2.4 PMLI 493.5 -9.5 MLBBL 1350 60 SHLB 1745.7 158.7 ADBL 241.1 -2.9 GMFIL 387 -9 LVF2 7.91 -0.04 GFCL 456.8 -0.2 ADBLD83 1080 -18.5 NICAD8283 1125 -19 FMDBL 670.1 15.1 HPPL 252.2 -8.8 NSIF2 9.45 0 SAMAJ 2352 -48 CORBL 469 2.9
×
पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न्: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन ।

नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुर्नविचार गर्नुपर्ने तर्क गरेका हुन ।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने  चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाका अध्यक्ष १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५० औं करोड खर्च गर्नुपर्ने भयो । यस्ताे  निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भडँखालोमा लैजान्छ ।’

प्रत्यक्ष निर्वाचित र समानुपाति निर्वाचित गरी हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बितिक्कै असुलीमा लाग्ने’ भएकाले भ्रष्टचार न्यूनिकरण हुन नसक्ने बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा पुर्नविचार गर्नुपर्नेसमेत धारणा राखेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस