शेयर बजारमा रहेका नयाँ लगानीकर्ताले शेयर बजारको सहि ज्ञान नभएर आफु संग भएको पैसा गुमाउने गर्छन।
नयाँ लगानीकर्ताले छोटो समयमा धेरै नाफा कमाउन खोज्दा आफ्नो पुजी गुमाउने गरेको देखिन्छ। उनीहरु शेयर बजारको बारेमा जान्न चाहन्छन तर कसरि लगानी गर्ने भन्ने ज्ञान उनीहरुमा हुदैन जसकारण उनीहरु निरास हुने गर्छन। त्यसैले आज हामीले हाम्रो रोजाइमा रहेका शेयर बजारमा कसरि लगानी गर्ने भनेर सिक्नको लागि अति उपयोगी र ज्ञानबर्द्धक पुस्तकको सुची लिएर आएका छौ जुन तपाइले सजिलै घरै बसेर अर्डर गर्न सक्नु हुने छ।
१) शेयर मन्त्र , सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण : रविन्द्र भट्टराई
रविन्द्र भट्टराई त्रिभुवन विश्वविद्यालय , शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा प्राध्यापक हुन् । भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न रहदै आएका छन् । रविन्द्र भट्टराई सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा समेत सक्रिय छन् । वित्तीय साक्षरता जगाउन उनले दोहोरी गीत तथा चलचित्र समेत निर्माण गरेका छन। उनले शेयर बजार सम्बन्धि विभिन्न पुस्तक लेखेका छन् ।
२) धनी बुवा गरिब बुवा
बेस्ट सेलिङ पुस्तक धनी बुवा गरिब बुवामा लेखक रोबर्टले २ जना बुवाको बारेमा चर्चा गरेका छन । पहिलो बुवा जस्ले लेखकलाई जन्म दिए अनि अर्को बुवा जस्ले उनलाई पैसाको बारेमा अनमोल ज्ञान बांडे । आफुलाई जन्मदिने बुवालाई उनले गरिब बुवाको रुपमा चित्रण गरेका छन । जोसँग प्रतिष्ठित कलेजको डिग्री छ । प्रतिष्ठित जागिर छ । उनी आफू कार्यरत सेवाको माथिल्लो पोष्टमा कार्यरत कर्मचारी हुन । तर पनि उनी पैसाको समस्यासँग जुधिरहेका छन । उनी आफुलाई मन लागेको बेला दिल खोलेर खर्च गर्ने ल्याकत राख्दैनन ।
उक्त पुस्तक केहि चर्चित सब्दहरु यस प्रकार छन् ” धनीहरु सम्पती किन्दछन तर मध्यमवर्गीय मानिसहरु सम्पती ठानेर दायित्व किनिराखेका हुन्छन । धनीहरु आफ्नो विलासिताको सामानहरु सबभन्दा पछि किन्दछन तर मध्यमवर्गीय परिवार ऋण लिएर भए पनि विलासिताका वस्तुहरु सबैभन्दा पहिले किन्दछन किनभने उनीहरु समाजमा आफुलाई धनी देखाउन चाहन्छन । परिणामत: उनीहरु ऋणको दलदलमा कहिल्यै नउम्किने गरी फस्न पुग्छन ।
हाम्रो शिक्षा प्रणालीले अझै पनि नोकर ( जागिरे) उत्पादन गर्नमै जोड दिएको छ । अहिलेको समयमा मेहनत गर । हाड घोटेर पढ । धेरै नम्बर ल्याउ । राम्रो जागिर खाउ । जस्ता अवधारणाहरु आउटडेटेड भैसकेका छन । हामी भने यही कुरा बारबार रट लगाइरहेका छौं । केबल मेहेनतले मात्र मानिस सफल हुदैन । त्यही मान्छे सफल हुन्छ जस्ले स्मार्ट तरिकाहरु सिकेको हुन्छ ।”
तपाइले दराजबाट यी सम्पूर्ण किताब मात्र रु ७५० मा खरिद गर्न सक्नुहुने छ।
















