राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।
कम्पनीको आईपीओ आज बिहान ९ बाजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालयमा बाँडफाँट भएको हो। माग भन्दा बढी आवेदन पर्रेको हुदा आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको थियो ।
सो शेयरमा कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो। जसमध्ये १ हजार ४२४ आवेदन रद्द भएका छन् भने १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका हुन्।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रूपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आईपीओ) विक्री खुला गरेको थियाे ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहधितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।










