×
Lagani
Lagani Shiksha gif
बेष्ट फाइनान्सको नाफा १२ करोड ११ लाख, प्रतिसेयर आम्दानी पनि बढ्याे



बेष्ट फाइनान्स कम्पनीले  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बेस्ट फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढाएको छ । यस अवधिमा कम्पनीले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइान्सले दिएको विवरणअनुसार कम्पनीको नाफामा राम्रो सुधार आएको भन्न सकिन्छ ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीकाे खराब कर्जा १४ दशमलव २६ प्रतिशत थियाे । यसअनुसार कम्पनी ८९ लाख ९९ हजार रुपियाँ नोक्सानमा थियो । यस अवधिसम्म आउँदा कम्पनीको खराबकर्जा १० दशमलव २१ प्रतिशतले घटेर चार दशमलव ०५ मा झरेको छ । यसले नाफा बढाउन ठूलो सहयोग पुगेकाे देखिन्छ ।

Lagani Shiksha gif
sharehubapk बेष्ट फाइनान्सको नाफा १२ करोड ११ लाख, प्रतिसेयर आम्दानी पनि बढ्याे

यसैगरी, कम्पनीको यस त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानीमा आकर्षक वृद्धि भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८१ पैसाले बढेर ५८ रुपैयाँ ४७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।

यस अवधिसम्म आउँदा कम्पनीको खुद ब्याज अम्दानी भने तीन दशमलव ५७ प्रशितले घटेर दुई करोड ७२ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको यस अवधिसम्मको वितरण योग्य मुनाफा पनि २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक छ ।

यस वर्ष सञ्चालन आम्दानी १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ नाफामा छ । अघिल्लो वर्ष ६० लाख रुपैयाँ नोक्सानमा थियो । असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ ।

फाइनान्सको असार मसान्तसम्म आउँदा कम्पनीको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४७ करोड ९६ लाख ८४ हजार रुपैयाँ छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले तीन अर्ब नौ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई ३७ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म कम्पनीको आधारदर (बेसरेट)१० दशमलव ५८ प्रतिशत छ । कष्टअफ फण्ड सात दशमलव ०९ प्रतिशत छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस