×
Lagani
Lagani Shiksha gif
अपर हेवाखोला हाइड्रोपावरको आईपियो बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपियो आज बाँडफाँट भएको छ ।

कम्पनीको आईपियो  आज बिहान ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा भएको हो। कुल १४ लाख ५५ हजार ३ सय ८४ जनाले आवेदन दिएकोमा २ हजार ८ सय ११ जना आवेदनको आवेदन रद्द भएको थियो। बाकि योग्य आवेदन मध्य १ लाख ३९ हजार ५ सय जनाले १० किताको दरले हात पारेका छन्।

Lagani Shiksha gif
sharehubapk अपर हेवाखोला हाइड्रोपावरको आईपियो बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।

त्यस्तै बाकि १३ लाख १३ हजार ७३ जना आवेदकको हात खाली भएको छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस