RHPL 267 -1 MEHL 307 -4 BARUN 231.9 -3.6 NIL 795.2 -4.7 SIKLES 503 2.8 UNLB 2040.1 185.4 RHGCL 375 0 NIFRAUR85/86 871.1 -5.9 SBID83 1071 30 API 172.5 -4.1 PHCL 292.5 -5.5 NHPC 147.9 -0.7 RBCL 13350 -40 AHPC 165 -0.9 BEDC 363.1 -11 UNL 40290 790 ILBS 1345 -20 SRBLD83 1040 0 NICGF2 7.7 0.05 NIMB 155 -2.9 SBL 226 -3.2 RLFL 388.5 -4.5 RMF1 7.76 0.06 SHL 445.1 1.1 SCB 544 0 SDLBSL 940 -32 RSDC 703 -13 MNBBL 352 -2 SHEL 155 -1.9 JOSHI 310.6 -9.4 TAMOR 368.2 -15.8 AVYAN 844 -20 PRIN 778.1 -12.9 MPFL 444 -1.3 SARBTM 791 21 SBCF 7.78 -0.12 KMCDB 930 -30 KLBSL 943 23 CHDC 735 -35 EBL 509 -2
×
आयोजना प्रभावितको लागि आईपीओ  निस्कासन गर्दै सिक्लेस हाइड्रोपावर।



सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउनेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाहरुको लागि आईपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयबासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आईपीओलाई ‘कियर एनपी रेटिङ डबल बीप्लस’प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।  यसमा छिटोमा २० साउनसम्म र ढिलोमा ४ भदौसम्म आईपीओ खुला रहनेछ । स्थानीयबासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस