×
Lagani
Lagani Shiksha gif
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदनको ओहिरो।



राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार बिहीबार बिहान १०.३० बजेसम्ममा पाँच लाख सात हजार ६३७ जनाले ५८ लाख ५६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६९ गुणा बढी आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदनको ओहिरो।

कम्पनीले बुधबार (असार २९ गते) बाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वाप्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’प्रदान गरेको छ । जसले कम्पनीको दायित्वबहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस