दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ ।
दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो । यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको थियो ।
बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको थियो । तर सप्लाई बढी भएका कारण मुल्य कम हुदै गएको छ। समाचार तयार पर्दा सम्म ३०७.२० रुपैया प्रति कित्तामा कारोबार भाइरहेको छ भने १ लाख ६ हजार भन्दा बादी किटा खरिद बिक्रि भएको छ।
दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२ हजार ६०४ कित्ता सेयर बुधबार सूचीकरण भएको थिया । ‘डीओआरडीआई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।













