नेपाली रुपैयाँ अहीले सम्मकै कमजोर बनेको छ।
भारतीय रुपैयाँमा गिरावट आउदा यसको सिधा असर नेपाली रुपैयाँमा परेको छ। नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















