इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ ।
सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको मुक्तिनाथ क्यापिटल नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।नेपालमा गुणस्तरीय च्याउ उत्पादन गर्ने योजना बनाएर उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आएको छ।
कम्पनीले आधुनिक च्याउ फार्म सुरु गरेको केही समयमै नयाँ प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न सुरु गरेको थियो।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















