हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओको नतिजा सार्बजनिक भएको छ।
आईपीओे शुक्रवार प्रि–अलोटमेन्ट सम्पन्न गरेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले ८ः३० बजे आफ्नै कार्यालयमा बाँडफाँट गरेको हो । कम्पनीले असार १५ गतेबाट रू. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पारेका छन्यी भने यी मध्ये थप दुई जनाले एक–एक कित्ताका दरले शेयर पाएका छन ।
यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ । जसले गर्दा कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६ दशमलव ३३ देखि रू. २२८ दशमलव ९९ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
















