हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ।
लगानीकर्ताको सोहि चासो मेटाउन आज हामीले विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलसँग कुराकानी गरेका छौ। क्यापिटलका अनुसार हाइड्रोपावरको आईपीओ भोलि प्रि-अलोटमेन्ट सम्पन्न गरि आउनेआइतबार या सोमबार क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने तयारि भएको छ ।
हाइड्रोपावरको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परेको छ । आईपीओमा १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
यी बाहेक बाँकी प्रतिशेयर रू. १०० अंकित मूल्यका १८ लाख ३० हजार ४७२ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ।
कम्पनीले असार १५ गतेबाट रू. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

















हाइड्रोपावरलाई लघुबित्त लेख्ने कुन घाँस हो?