×
Lagani
Lagani Shiksha gif
हिमालयन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन , अहिले सम्म पर्यो ६.२१ गुणा बढी आवेदन।



हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सिडिएस क्लियरिङका अनुसार शुक्रवार १:४५ सम्ममा  हाइड्रोपावरको आईपीओमा मागभन्दा ६.२१ गुणा बढी आवेदन परेको थियो। कम्पनीले निष्कासन गरेको हो कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk हिमालयन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन , अहिले सम्म पर्यो ६.२१ गुणा बढी आवेदन।

सिडिएस क्लियरिङका अनुसार शुक्रवार १:४५ सम्ममा ९ लाख ८९ हजार ६३८ जना आवेदकले १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन हेर्दा आईपीओ पर्ने सम्भावना न्यून देखिन्छ।

कम्पनीले असार १५ गतेबाट रू. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस