×
Lagani
Lagani Shiksha gif
धितोपत्र बोर्ड र लगानीकर्ता तिलक कोइरालाबीच सहमति



पुँजी बजार विकास तथा सुधारको माग राख्दै १ असारदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा  सहमति भएको छ ।

सहमति भएसँगै शुक्रबार कोइरालाले आमरण अनसन पनि अन्त्य गरेका छन् ।  बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसन अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विघटन भएको बताएका छन् ।

सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।

बोर्डले लगानीकर्ताको मागहरू सम्बोधन गर्नेगरी कार्यान्वयन समिति गठन गर्ने सहमति जनाएसँगै कोइरालाले आमरण अनसन अन्त्य गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस