×
Lagani
Lagani Shiksha gif
जजिराको जहाज काठमाडाैंबाट डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण



काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज माैसममा खराबी आउँदा भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडाैंका उडान भरेकाे जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराकाे जे नाइन ५४१ काे जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk जजिराको जहाज काठमाडाैंबाट डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे  काठमाडाैंका लागि उडान भरेकाे थियाे । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेकाे छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको याे पहिलो घटना हाे । गाैतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलकाे भर पर्नुपर्थ्याे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस