×
Lagani
Lagani Shiksha gif
चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद



महिलाहरूको आर्थिक क्रान्तिका लागि २०५० सालमा स्थाना गरिएको स्वेडेकले सप्तरीको महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग मात्र  गरेको छैन, आर्थिक क्रान्ति नै ल्याएको छ।

सप्तरीको राजविराज-२ की ५० वर्षीया सरिता ठाकुर २०६३ मा १५ जनाको समूह बनाएर संस्थामा आबद्ध भइन्। अहिले उनको समूहमा ६३ जना महिला छन्। ठाकुर १०१ समूहको प्रमुख हुन्। उनीहरू समूहमा ऋण लगानी र असुली गर्ने काम गर्छन्।

Lagani Shiksha gif
sharehubapk चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद

छोराछोरी पढाउन र घर बनाउनसमेत संस्थाले ऋण दिँदै आएको उनले बताइन्। उनले भनिन्, ‘संस्थाले असहाय र पीडित महिलालाई ऋण मात्र दिएको छैन, छोराछोरीलाई शिक्षा दिन आफ्ना परिवारलाई हरेक पक्षबाट व्यवस्थित गरेर परिवार सञ्चालन गर्न सिकाएको छ। अहिले सानो ऋण लिएर हामी महिलाहरू आर्थिक रूपमा सशक्त छौ,’ उनले भनिन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाकि ६० वर्षीया ज्ञानीदेवी सरदार संस्थाबाट थोरै ऋण लिएर लाखौंको मालिक भएकी छन्। उनले भनिन्,´जतिवेला हामीसँग कुनै विकल्प थिएन । धितो राख्ने केही थिएन । कसैले ऋण दिँदैन्थ्यो त्यतिबेला स्वडेकले हामीलाई विश्वास गरेर ऋण दियो र अहिले हामी समाजमा आफ्नै नामले परिचित छौँ,’ उनले भनिन् ।

राजविराज-८ की थलकुमारी मगर २०६१ सालमा संस्थामा आबद्ध भइन्। उनी १३ समूहको प्रमुख हुन्। उनले संस्थासँग चार हजार ऋण लिएर व्यवसाय सुरू गरिन्। अहिले छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहेकी छन्। त्यहीँ सानो ऋण लिएर गरेको मिहिनेतबाट अहिले तीन जिल्लामा घडेरी किनिसकेको मगरको भनाइ छ।

उनले भनिन्,´राजविराजमा घर नै बनाइसके। श्रीमान बित्नुभएको दुई वर्ष भयो ।आर्थिक रूपमा कुनै समस्या छैन।अहिले आर्थिक रूपमा सबल छु। ऋण लिएर त्यसबाट आम्दानी हुने काम गर्नुपर्छ। कामै नगरी ऋण  अन्य काममा खर्चिनु हुँदैन। एकदिन अवश्य सफल भइन्छ।’

संस्थामा अहिलेसम्म तीन लाख ३० हजार महिला जोडिएको र सबैलाई आर्थिक रूपमा सशक्त बनाउन प्रयास भइरहेको संस्थाका अध्यक्ष मिरा देवले बताइन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस