राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजदेखि आईपीओ निष्कासन गरेकोे छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डसँग २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको थियो । राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्म यो आईपीओ खरीदको माग गर्न सक्नेछन् ।
यो आईपीओ छिटोमा असार ७ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। यसी सो अबधिमा पनि सम्पूर्ण बिक्रि नभएमा बाकि रहेको कित्ता दोस्रो चरणमा सर्बसाधारणमा बिक्रि गरिने छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ ।
आगामी साउन १ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन गर्ने गरि यस कम्पनीले रुकुम जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । हाल संस्थापकतर्फबाट चुक्ताभएको पूँजी रू. ३१ करोड ८६ लाख ५२ हजार ८०० रहेको छ । संस्थापकतर्फ जारी पूँजीको ५२ प्रतिशत शेयर स्वामित्व रहेको हो ।
आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गर्न लागेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३८ प्रतिशत शेयर जारी गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार ८०० पुग्नेछ ।










