×
Lagani
Lagani Shiksha gif
कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान



गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ । यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । ‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भने, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ । ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ । त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन् । तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस