×
Lagani
Lagani Shiksha gif
भोलि देखि निष्कासन हुदै बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ , कति दिने आवेदन ?



बिन्ध्यवासिनी हाइड्रोपावरले भोलि देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७  तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई हुनेगरी जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट चैत २५ गते अनुमति पाएको हो ।

Lagani Shiksha gif
sharehubapk भोलि देखि निष्कासन हुदै बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ , कति दिने आवेदन ?

पहिलो चरणमा कम्पनीले स्थानीय बासिन्दाका लागि आईपीओ निष्कानस गर्न लागेको हो । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओमा छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गते सम्म आवेदन दिन सकिने छ। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

स्थानीय बासिन्दा लेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सक्ने छन् ।

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले रुडी ए (८.८ मेगावाट) र रुडी बी (६.६ मेगावाट) का दुई क्यास्केड आयोजनामा ​​सम्झौता गर्दै रुडी खोलाको करिडोरमार्फत १५.४ मेगावाटको आयोजनाको विकास, सञ्चालन र मर्मत सम्भार गर्न २०५७/०९/०३ मा गाभिएको थियो । BHDC को अधिकृत शेयर पूंजी २०० करोड छ।

BHDC उत्पादकत्व बढाउन र नेपाली जीवनस्तरमा सुधार गर्ने किफायती नवकरण ऊर्जा परियोजनाहरू विकास र कार्यान्वयनमा केन्द्रित छ।रुडीखोला-ए साना जलविद्युत आयोजना (८.८ मेगावाट) कास्की जिल्लाको मिजुरेडाँडा गाविसमा अवस्थित छ।त्यसैगरी रुडी खोला बी साना जलविद्युत आयोजना (६.६ मेगावाट) जुन रुडी–ए साना जलविद्युत आयोजनाको माथिल्लो भागमा अवस्थित रन अफ रिभर प्रकारको आयोजना हो। रुडी–बी साना जलविद्युत आयोजनाको मुख्य भाग लमजुङ जिल्लाको पासगाउँ गाविसमा अवस्थित छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस