×
Lagani
Lagani Shiksha gif
६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै ग्रीन भेन्चर



ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो ।आईपीओ निष्काशनका लागि कम्पनीले फागुन २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ।   कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ ।

Lagani Shiksha gif
sharehubapk ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै ग्रीन भेन्चर

आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ।

कम्पनीका प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको छ। आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस