×
Lagani
Lagani Shiksha gif
आईपिओ निष्काशन गर्दै लुप नेटवर्कस , बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



इन्टरनेट सेवा प्रादायक कम्पनि लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले रु. ४ करोड बराबरको  ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Lagani Shiksha gif
sharehubapk आईपिओ निष्काशन गर्दै लुप नेटवर्कस , बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बिहिबार सो आईपीओको निष्काशनको लागि निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको ‘आईडिया टु आईपिओ’ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो ।कम्पनीका प्रबन्ध निर्देशक तथा अध्यक्ष सतीश पोखरेलले सन् २०१६ मा नेपाली बजारमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले व्यवसायको थालनी गरेका थिए ।

एन आई सी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

 

loop आईपिओ निष्काशन गर्दै लुप नेटवर्कस , बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस