अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ ।
कम्पनीकाे आज बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासनका लागि चैत्र १४ गते कक्लाेज गर्ने निर्णय गरेकाे हाे जस अनुसार चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन ।
अपि पावरले १:०.३९३६ को अनुपातमा १ सय रूपैयाँ अंकित दरको एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन २६ गते निस्कासन गर्नको लागि अनुमति दिएको हो।
कम्पनीले हकप्रद सेयर निष्कासको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted







