×
Lagani
Lagani Shiksha gif
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा , चाँदी पनि उकालो लाग्यो



बुधबार सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Lagani Shiksha gif
sharehubapk सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा , चाँदी पनि उकालो लाग्यो

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ । बजारमा केहीदिन यता सुनचाँदीकाे भाउ ह्वात्तै बढेकाे छ ।अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ ।

फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। उक्त दिनदेखि आजसम्म सुन प्रतितोलामा ६ हजार ५ सयले बढेकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस