×
Lagani
Lagani Shiksha gif
नेपालमा ५ सय र १ हजारको नोटमा प्रतिबन्ध , के हो त सत्यता ?



रु  ५ सय र १ हजारको नोट माथि प्रतिबन्ध भन्ने हल्ला आज सामाजिक संजालमा चर्चाको बिषय बनेको थियो।

फागुन तेस्रो हप्ता बैंकमा निक्षेप बढ्न थालेपछि भ्रस्टचार गरेको पैसा जम्मा गर्न थाले अब ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाउने छन् भन्दै सामाजिक संजाल भरि फेक आइडीहरु बाट धमाधम पोस्ट आइरहेका छन्।  सामाजिक संजाल भरि उक्त पोस्ट देख्दा  सर्बसाधारण समेत भ्रममा परेका छन्।

Lagani Shiksha gif
sharehubapk नेपालमा ५ सय र १ हजारको नोटमा प्रतिबन्ध , के हो त सत्यता ?

स्रोतका अनुसार राष्ट्र बैंकमा उक्त बिषयमा छलफल भएको छैन। केहि व्यक्तिहरु आफुले किनेको कम्पनीको शेयर बेच्नको लागि उक्त हल्ला फैलाएको पनि देख्न सकिन्छ।  नोटमा प्रतिबन्ध लगाउने अधिकार सरकार संग भए पनि यसरि पहिलेनै सुचना दिएर नोटमा प्रतिबन्ध  लगाउदै छौ भनेर कहिलै पनि भन्दैन।

हामीले बुझ्दै जादा “भ्रष्टाचार गरी लुकाएको धन निकाल्न ५०० र १००० को नोटको खारेजी ! “शिर्षकमा कर्पोरेट नेपालले समाचार लेखेको र सोहि कुरालाई घुमाउदै केहि अनविज्ञले यस्तो हल्ला फैलाएको कतिपयको बुझाइ रहेको छ।  तर समाचारमा विस्मयादिबोधक चिन्ह प्रयोग भएको हुदा यो एउटा प्रश्न या सुझाब मात्र रहेको बुझ्नु पर्छ। यो सब हल्ला फैलिनुको कारण व्याकरण नबुझेको र पुरा समाचार नपढेको कारण हुन् सक्छ।

नेपाल जस्तो गरिब देशमा नोटमा प्रतिबन्ध लगाउदा देशलाइ नै घाटा हुने भएको हुदा यस्तो हुने सम्भावना कम देखिन्छ। सरकारले पनि यो बिषयमा सुचना जारि गरि जनतालाई जानकारी गराउनु जरुरि देखिन्छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
राज कुमार राउत
Guest
राज कुमार राउत
March 9, 2022 9:33 am

पाच सय र हजारका दरका नोटमा केहि समय दियर प्रतिबन्ध लगाउने हो भने देशमा भ्रष्टाचार नियन्त्रण हुने ,गलत काम कम हुने तथा अपराध पनि कम भै देशले आर्थिक उन्नति गर्छ। प्रतिबन्ध लगाउनु पर्छ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस