×
Lagani
Lagani Shiksha gif
नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट सम्पन्न , ३ जनालाई ११ कित्ता।



नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपिओ बाँडफाँड आज फागुन २४ गते दिउँसो १ बजे होटल एलो प्यागोडा, जमल काठमाडौंमा सम्पन्न भएको छ।

कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने  २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली हुने भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

Lagani Shiksha gif
sharehubapk नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट सम्पन्न , ३ जनालाई ११ कित्ता।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

कसरि हेर्ने नतिजा :
१)  मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) शेयर हब एप बाट

३)  मेरो शेयरको साइट

४) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस