चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले बोनस शेयर हितग्राही खातामा पठाएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीले माघ ५ गतेदेखि नै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको थियो।
यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
















