×
Lagani
Lagani Shiksha gif
दमौलीमा भीषण आगलागी , नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै



तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

Lagani Shiksha gif
sharehubapk दमौलीमा भीषण आगलागी , नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहनुभएको छ । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस