×
Lagani
Lagani Shiksha gif
ब्ल्याकमेलिङ गरेको भन्दै नेपाल आज डटकम प्रेस काउन्सिलको कालोसूचीमा



प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम (www.nepalaaja.com) लाई प्रेस पास, विज्ञापन लगायत अन्य सुविधा नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई पत्राचार गरेको छ ।

पटकपटक पत्रकार आचारसंहिताको उल्लङ्घन गरी सचेत गराउँदा समेत अटेरी गरेपछि कालोसूचीमा राखिएको उक्त अनलाइनलाई सेवासुविधाबाट बञ्चित गर्न काउन्सिलले पत्राचार गरेको हो ।

Lagani Shiksha gif
sharehubapk ब्ल्याकमेलिङ गरेको भन्दै नेपाल आज डटकम प्रेस काउन्सिलको कालोसूचीमा

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको फागुन १३ गतेको बैठकले सो अनलाइनका विषयमा परेका उजुरी र गुनासाबारे छलफल गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । नेपाल आज डटकमबाट अपुष्ट स्रोतको हवाला दिंदै एउटै विषयमा सिलसिलेवररूपमा, प्रायोजित एवं एकपक्षीयरूपमा सामग्रीहरू सम्प्रेषण गरेकोे, व्यक्तिगत चरित्रहत्या गरेको, गैरव्यावसायिक क्रियाकलाप गरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना गैर–व्यावसायिक माग पूरा नभए बिनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको, गुनासा र उजुरी तथा सोबारे अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कालोसूचीमा राख्ने निर्णय भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो ।

सोही बैठकले नेपाल आज डटकम र यसका सञ्चालकले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्दै व्यक्तिगत चरित्रहत्या गर्ने कार्यमा सुधार नगरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको, भ्रमपूर्ण सामग्री पटकपटक सम्प्रेण गर्दै आएको, पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र पत्रकार आचारसंहिताको सीमाभन्दा बाहिर गइ पत्रकारिता पेसाको चरम दुरूपयोग गर्दै आएको देखिएकोले सबै सेवा सुविधाबाट बञ्चित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपाल आज डटकमका विरुद्ध पछिल्लो २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी परेको काउन्सिलले जनाएको छ । ‘आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुनः समाचार नै बनाइ प्रकाशन गर्ने, घरीघरी सचेत ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको हो’ जारी विज्ञप्तिमा भनिएको छ ।

कालोसूचीमा राख्ने शुक्रबारको निर्णयपछि उक्त अनलाइनले बेसरोकारको प्रतिक्रिया दिँदै आफ्नो गल्ती ढाकछोप गर्न गरेको टिप्पणीप्रति गम्भीर हुँदै काउन्सिलले यस्तो प्रवृत्ति नदोहोर्‍याउन सचेत गराएको छ ।

press bigyapti 2078 11 13 ब्ल्याकमेलिङ गरेको भन्दै नेपाल आज डटकम प्रेस काउन्सिलको कालोसूचीमा

कालोसूचीमा राख्ने शुक्रबारको निर्णय

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस