×
Lagani
Lagani Shiksha gif
अपर तामाकोसीको पहिलो युनिटको परीक्षण सफल, केही दिनभित्रै व्यवसायिक उत्पादन गरु गर्ने



अपर तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटको मेकानिकल परीक्षण सफल भएको छ।

केहीदिनभित्रै व्यवसायिक उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ।सोमबार ७६ मेगावाट क्षमताको पहिलो युनिटको मेकानिकल परीक्षण गर्दा  कुनै समस्या नदेखिएको केही दिनमै व्यवसायिक उत्पादनको तयारी गरिएको हो। आयेजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार पहिलो युनिटको प्राविधिक परीक्षण सफल भएपछि अरु युनिटहरूको परीक्षण तीव्र पारिएको छ।

विभिन्‍न चरणको परीक्षणपछि  एउटा युनिटबाट केही दिनमै  विद्युत उत्पादन सुरु हुने श्रेष्ठले बताए। ढिलोमा ३ सातामा सबै किसिमका परीक्षण पुरा गरेर विद्युत उत्पादन सुरु गर्ने तयारी छ।केही समय अघि दोस्रो अडिट टनेलमा  परीक्षण गर्दा केही समस्या देखिएको थियो। पानी चुहिएपछि परीक्षणको काम स्थगित गरिएको थियो ।

आयोजनाको जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ। उक्त परीक्षण पुरा भए पछि बैशाखभित्रै  पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान आयोजनाले गरेको थियो । तर केही प्राविधिध समस्याले गर्दा निर्धारित समयमा आयोजनाबाट व्यवसायिक उत्पादन हुन ढिलाइ भएको हो ।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो। दोलखास्थित यस आयोजनाबाट  ४५६ मेगावाट विजुली उत्पादन हुनेछ। आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ ।

आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। निर्माण सकिएपछि गत वैशाखको दोस्रो हप्तादेखि नै माथिल्लो तामाकोसीको जलाशय भरेर परीक्षण सुरू गरिएको थियो। ( यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस