×
Lagani
Lagani Shiksha gif
सिंचाइ तथा नदी नियन्त्रणका लागि रु ३२ अर्ब बजेट



सरकारले कृषियोग्य जमीनमा नदी पथान्तरण, नहर, लिफ्ट, कुलो तथा भूमिग प्रणालीका माध्यमबाट सिंचाइ सुविधा पु¥याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई आगामी बजेटमा समेत प्राथमिकतातामा राखेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा निर्माणाधीन आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न, सम्भाव्यता अध्ययन पूरा भएका सिंचाइ आयोजना निर्माण शुरु गर्न र सिंचाइ प्रणालीको नियमित मर्मतसम्भार गर्ने विषयलाई महत्व दिनुभएको छ ।

त्यसबाट आगामी वर्ष थप २९ हजार चार सय हेक्टर कृषियोग्य जमीनमा सिंचाइ सुविधा विस्तार हुनेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिंचाइ आयोजनाको पश्चिम मूलनहरबाट थप दुई हजार हेक्टर भूमिमा सिंचाइ सुविधा पु¥याइने सरकारले लक्ष्य निर्धारण गरेको छ । सो आयोजनाको पूर्वी खण्डमध्ये आगामी वर्ष थप २० किमी मूलनहर र १२ किमी शाखा नहर निर्माण सम्पन्न गरी थप ६ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा विस्तार गरिने भएको छ । सो आयोजनाको सम्पूर्ण निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । त्यसका लागि लागि रु एक अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ ।

Lagani Shiksha gif
sharehubapk सिंचाइ तथा नदी नियन्त्रणका लागि रु ३२ अर्ब बजेट

राष्ट्रिय गौरवकै अर्को आयोजना रानी–जमरा–कुलरिया सिंचाइ आयोजनाको पहिलो चरणअन्तर्गतको नौ किमी मूल नहर निर्माण आगामी वर्ष सम्पन्न हुनेछ । त्यसबाट थप सात हजार हेक्टर भूमिमा सिंचाइ सुविधा पुग्नेछ ।

त्यस्तै महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत दश किमी मूल नहर निर्माण र ब्रह्मदेवमण्डी क्षेत्रमा शाखा नहर निर्माण गरी दुई हजार नौ सय हेक्टर जमीनमा सिंचाइ सुविधा उपलब्ध गराइने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि रु एक अर्ब २५ करोड बजेट विनियोजन भएको छ ।
यसैगरी बबई सिंचाइ आयोजनाको पश्चिम खण्डको बाँकी आठ किमी नहर निर्माण सम्पन्न गर्न र मर्मतसम्भार गर्न रु एक अर्ब ४४ करोड बजेट उपलब्ध भएको छ ।

सरकारले प्रगन्ना, बड्कापथ, वाग्मती, पालुङ्टार, बृहत् दाङ उपत्यकालगायत साना, मझौला र ठूला सतह सिंचाइ आयोजना निर्माण गर्न रु एक अर्ब ६१ करोड विनियोजन गरेको छ । ती आयोजनाबाट कूल छ सय हेक्टर कृषियोग्य जमीनमा सिंचाइ सुविधा उपलब्ध हुनेछ ।

नदी पथान्तरणमा जोड

सरकारले नदी पथान्तरण आयोजनालाई आगामी आवको बजेटमा विशेष जोड दिएको छ । सुरूङका माध्यमबाट एक नदीको पानी अर्का नदीमा पथान्तरण गरी खानेपानी, सिंचाइ र विद्युत्का लागि बहूद्देश्यीय प्रयोग गर्ने प्रविधिबाट जलस्रोत उपयोगको नयाँ युगमा प्रवेश गरिएको भनी जोड दिइएको जनाएको हो ।

निर्माणाधीन नदी पथान्तरण आयोजना समयमा नै सम्पन्न गर्ने, सम्भावनायुक्त स्थानमा नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्मका तराईका भूभागमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य छ ।
निर्माणाधीन भेरी–बबई पथान्तरण बहूद्देश्यीय आयोजनाको बाँध निर्माण आगामी आर्थिक वर्ष सम्पन्न हुनेछ । आगामी दुई वर्षभित्र बाँके र बर्दिया जिल्लाका थप १५ हजार हेक्टर भूमिमा सिंचाइ सुविधा विस्तार गरिनाका साथै ४८ मेगावाट क्षमताको विद्युतगृह निर्माण सम्पन्न हुनेछ । सो आयोजनाका लागि रु पाँच अर्ब सात करोड बराबरको बजेट विनियोजन भएको छ ।

नौमुरे बहूउद्देश्यीय नदी पथान्तरण आयोजनाको डिपिआर तयार गरी निर्माण शुरु गरिनेछ । तराई–मधेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायत प्रदेश नं २ का एक लाख २२ लाख हजार हेक्टर कृषियोग्य भूमिमा सिंचाइ सुविधा उपलव्ध गराई समग्र प्रदेशको आर्थिक रुपान्तरणको आधार तयार गर्ने सुनकोशी–मरिन बहूद्देश्यीय नदी पथान्तरण आयोजनाको सुरुङ निर्माणलाई तीव्र पार्ने सरकारको तयारी छ ।

आगामी आर्थिक वर्ष बाँधस्थल तथा विद्युत्गृह निर्माण शुरू हुनेछ । आयोजनाको निर्माण सम्पन्न हुँदा सम्पूर्ण कमाण्ड एरियाको कृषिभूमिमा सिंचाइ सुविधा पु¥याउने गरी मूल र शाखा नहर निर्माण सम्पन्न हुनेछन् । आयोजनाको सम्पूर्ण काम चार वर्षभित्र सम्पन्न हुनेछ । सो आयोजनाका लागि रु दुई अर्ब ४६ करोड बजेट उपलब्ध गराइएको छ ।

आगामी वर्ष तमोर–चिस्याङ र काली गण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनाका साथै आयोजना कार्यान्वयनको ढाँचा निर्धारण र स्रोत व्यवस्थापन हुनेछ । यसैगरी माडी–दाङ र पश्चिम सेती–कैलाली नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

समृद्ध तराई–मधेश सिंचाइ विकास कार्यक्रमअन्तर्गत झापा, सप्तरी, उदयपुर, चितवन, नवलपरासी पूर्व, दाङ, बर्दिया, कञ्चनपुरलगायत जिल्लाका खेतीयोग्य भूमिमा सिंचाइ सुविधा विस्तार गर्न छ हजार स्यालो ट्युबवेल, दुई सय डिप ट्युबवेल जडान हुनेछन् । सो कार्यक्रमका लागि रु दुई अर्ब ३४ करोड विनियोजन बजेट उपलब्ध गराइएको छ ।

एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सुनकोशी, त्रिशूली, कालीगण्डकी, राप्ती, भेरी, कर्णाली, चमेलियालगायत नदी किनारका टार तथा फाँटमा लिफ्टिङ गरी ६ सय हेक्टर कृषियोग्य भूमिमा सिंचाइ सुविधा विस्तार गर्ने सरकारको लक्ष्य छ ।

पहाडी क्षेत्रका कृषियोग्य भूमिमा सिंचाइ सुविधा पु¥याउन स्थानीय तह र समुदायको सहभागितामा पोखरी निर्माण गरिनेछन् । त्यसका लागि स्थानीय तहलाई वित्तीय हस्तान्तण गरिने भएको छ ।

नदी नियन्त्रणमा जोड

सरकारले मानवबस्तीको सुरक्षा तथा कृषियोग्य भूमिको संरक्षण र जमीन उकास गरी स्थानीय तहमार्फत उत्पादनशील उपयोग गर्न नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कन्काई, रतुवा, कमला, लालबकैया, वाणगङ्गा, पश्चिम राप्ती, कर्णाली र महाकाली नदी नियन्त्रण कार्यक्रमका लागि रु तीा अर्ब ९१ करोड विनियोजन भएको छ ।

झापाको भद्रपुर, म्याग्दीको बेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलङ्गा बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरिएको छ । जनताको तटबन्धअन्तर्गत मावा, विरिङ, बक्राहा, खाँडो, रातु, लखनदेही, पूर्वीराप्ती, तिनाउ–दानव, भादा, मोहनालगायत नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइएको छ । नदी नियन्त्रण र पहिरो व्यवस्थापनमा नवीन तथा बायो इञ्जिनीयरिङ प्रविधिको प्रयोग गर्ने सरकारको योजना छ ।
त्रियुगा नदीको कटानबाट उदयपुरका गाईघाट बजारलगायत अन्य बस्ती र कृषियोग्य भूमिको संरक्षण गर्न ८४ किमी तटबन्ध तीन वर्षभित्र निर्माण हुनेछ ।

झापादेखि कञ्चनपुरसम्मको चुरे पहाडको भावर क्षेत्रमा कोशी, गण्डकी, कर्णाली एवं तिनका सहायक नदी प्रणालीलाई अन्तरआबद्ध गरी नहर निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि बजेट व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ । त्यसबाट तराईको सिंचाइ प्रणालीलाई व्यवस्थित गर्न, जलचक्रलाई निरन्तरता दिन, जलयात्रा एवम् पर्यटन प्रवद्र्धन गर्न तथा तराईमा हुने बाढी, डुबान र नदी कटानका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा सरकारको छ ।

सरकारले सिंचाइ तथा नदी नियन्त्रण क्षेत्रका लागि बजेट वृद्धि गरी रु ३१ अर्ब ८६ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस