×
Lagani
Lagani Shiksha gif
अन्तत : हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा



अन्तत हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा जाने भएका छन् ।

दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज हुन प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रअनुसार मर्जपछि बैंकको नाम ‘हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक’ रहनेछ जुन नेपालको अहिले सम्मको ठूलो बैंक बन्ने भएको छ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्जरमा हस्ताक्षर गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk अन्तत : हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा

चालू आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड र हिमालयनको रू. १० अर्ब ६८ करोड छ । मर्जपछि कुल चुक्ता पूँजी रू. २६ अर्ब ९४ करोड हुनेछ ।

नयाँ बन्ने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे हुनेछन्। सीईओमा अशोक राणा हुनेछन् भने डेपुटी सीईओ ज्योति पाण्डे हुनेछन् । सञ्चालक समितिमा दुवै बैंकबाट ३–३ जना रहनेछन् । नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालक छानेर ७ जनाको समिति बनाउने छ ।

हिमालयनको कर्जा लगानी रू. १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप रू. १ खर्ब ४३ अर्ब ७० करोड रहेको छ भने इन्भेष्टमेन्टको कर्जा लगानी रू. १ खर्ब ६० अर्ब ९८ करोड र निक्षेप रू. १ खर्ब ६८ अर्ब २९ करोड रहेको छ।

मर्जरका लागि एमओयू गरेको बैंकले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतमा पत्र पठाइसकेको छ । दुवै बैंकको शेयर कारोबार शुक्रवारदेखि एकीकृत मर्जर नभएसम्म रोक्का भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस