×
Lagani
Lagani Shiksha gif
बुढानिलकण्ठको दर्सन गरि आज चैत ३१ गतेको राशिफल हेर्नुहोस



मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

बृष राशि(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

मिथुन राशि (का,की,कू,घ,ङ,छ,के,को,हा)महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह राशि (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

कन्या राशि(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तू,ते)बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक  क्षेत्र सफल हुनेछ ।

बृश्चिक राशि (तो,ना,नी,नू,ने,नो,या,यी,यू)उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

धनु राशि(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मकर राशि (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ राशि (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

मीन राशि(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस