HDHPC 208.8 -4.1 SMPDA 910 -1 HIDCLP 183 -2 CCBD88 1123.1 6.1 NBF2 9.15 -0.05 NMFBS 1435 1 TVCL 461 1 SAHAS 505 28 SBLD89 1200 16.1 NMB 263.9 -7.1 SDBD87 1035 4 SLBBL 958.9 -4.2 BHL 440 -13 MFIL 768 48 RBCLPO 12300 88 HEIP 381.8 20.8 CGH 909 -5 HLI 472 -4 NRN 905 -8 RHGCL 388 0 MEL 292 2 GBILD86/87 1030 4 PROFL 655 7 BNHC 466.9 0.7 SADBL 419 -1 SAEF 11.22 0.17 CYCL 1540 -7 SPHL 666.9 16.9 NHDL 570 0 NBLD87 1020 -8 SANIMA 326 -10.2 SMH 1064.8 5.9 HEI 648 -10 API 289.5 2.5 NICGF 10.56 -0.28 MMF1 8.98 0.1 NICD83/84 1062 -19 DLBS 1374 30 NICA 452 -13 MHNL 265.5 -0.5
×
भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने



एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।

भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ” MCC कम्प्याक्टले नेपाली राष्ट्रिय स्व्राधिनताको आन्दोलनमा सर्बाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठार संघर्ष गर्दै आईरहेको छ । जसको परिणाम MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन ।

बरु सरकारी गठबन्धन र संसदवादी दल भित्रै नेपाली जनताको MCC  कम्प्याक्ट विरोधि संघर्षले पैदा गरेका अन्तर्विरोध एव अवरोधहरुको सामना गर्नु परेको थियो । नेपाली जनताको MCC  कम्प्याक्ट बिरोधी संघर्ष र शेरबहादुर देउवा सरकार लगायत अमेरिकी साम्राज्यवादका दलाल एंव MCC  कम्प्याक्टका पिछलग्गुहरु ब्रीचको पेचिलो संघर्षको मोर्चाको क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप ,दवाव एंव धम्की र देउबा सरकार लगायत राष्ट्रघाति एंव जनघाती दलालहरुको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद वैठकमा ।

MCC  कम्प्याक्ट सदनमा टेबुल गर्नेर पारित गर्ने अन्तिम प्रपन् गरी राखेको छन्‌ । उपरोक्त राष्ट्रघाति पड्यन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । MCC  कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको संघर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।

हाम्रो राष्ट्रिय स्वाधिनता माथि खतरा निम्त्याउने । MCC  कम्प्याक्टका विरुद्द उच्च तहको जुझारु एंव प्रभावकारी संघर्पको कार्यक्रमबाट देउबा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा MCC  कम्प्याक्ट पेस गर्ने र पारित गर्ने पड्घन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाक्रो आफ्नो कर्तब्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको एतिहासिक आवस्यकता ठानेका छौँ । बिषयको यहि गाम्भिर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरियको देशव्यापि विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रुपमा विकास गरि तपशिल बमोजिम सार्वजनिक गरेका छौं ।

घोषित संपको कार्यक्रमलाई भव्यरुपमा सफल पारी देउबा सरकारको MCC  कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिष्ट क्रान्तिकारी , सच्चा लोकतन्त्रवादीहरु देशभक्त शक्तिहरु मजदुर किसान मध्यम बर्ग राष्ट्रिय उध्धमी व्यत्रसायी ब्रिचार्थी बुद्दिजिवी शिश्रक व्यापारी कर्मचारी सुरक्षा क्षेत्र साहित्यकार कलाकार पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आव्हान गर्दछौ । ”

 

Sayukta 6 dalko pres 2078 11 3.jpg भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस