×
Lagani
Lagani Shiksha gif
भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने



एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।

भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ” MCC कम्प्याक्टले नेपाली राष्ट्रिय स्व्राधिनताको आन्दोलनमा सर्बाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठार संघर्ष गर्दै आईरहेको छ । जसको परिणाम MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन ।

बरु सरकारी गठबन्धन र संसदवादी दल भित्रै नेपाली जनताको MCC  कम्प्याक्ट विरोधि संघर्षले पैदा गरेका अन्तर्विरोध एव अवरोधहरुको सामना गर्नु परेको थियो । नेपाली जनताको MCC  कम्प्याक्ट बिरोधी संघर्ष र शेरबहादुर देउवा सरकार लगायत अमेरिकी साम्राज्यवादका दलाल एंव MCC  कम्प्याक्टका पिछलग्गुहरु ब्रीचको पेचिलो संघर्षको मोर्चाको क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप ,दवाव एंव धम्की र देउबा सरकार लगायत राष्ट्रघाति एंव जनघाती दलालहरुको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद वैठकमा ।

MCC  कम्प्याक्ट सदनमा टेबुल गर्नेर पारित गर्ने अन्तिम प्रपन् गरी राखेको छन्‌ । उपरोक्त राष्ट्रघाति पड्यन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । MCC  कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको संघर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।

हाम्रो राष्ट्रिय स्वाधिनता माथि खतरा निम्त्याउने । MCC  कम्प्याक्टका विरुद्द उच्च तहको जुझारु एंव प्रभावकारी संघर्पको कार्यक्रमबाट देउबा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा MCC  कम्प्याक्ट पेस गर्ने र पारित गर्ने पड्घन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाक्रो आफ्नो कर्तब्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको एतिहासिक आवस्यकता ठानेका छौँ । बिषयको यहि गाम्भिर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरियको देशव्यापि विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रुपमा विकास गरि तपशिल बमोजिम सार्वजनिक गरेका छौं ।

घोषित संपको कार्यक्रमलाई भव्यरुपमा सफल पारी देउबा सरकारको MCC  कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिष्ट क्रान्तिकारी , सच्चा लोकतन्त्रवादीहरु देशभक्त शक्तिहरु मजदुर किसान मध्यम बर्ग राष्ट्रिय उध्धमी व्यत्रसायी ब्रिचार्थी बुद्दिजिवी शिश्रक व्यापारी कर्मचारी सुरक्षा क्षेत्र साहित्यकार कलाकार पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आव्हान गर्दछौ । ”

 

Sayukta 6 dalko pres 2078 11 3.jpg भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस